'आँशु फुलेको छ'

मुक्त खवास’ उदास’

———————
ंफुल सबैको प्रिय !

खासमा मेरो जुन दिन

यो धर्तिमा जन्म फुल्यो

म सधै फुल्न चाहे !

जब मेरो मस्तिष्कमा चेतना फुल्यो

मेरो चाहाना म फुल्नु पर्छ 

अनि  मेरो देश फुल्नु  पर्छ।

म फुल्न फुलाउन चाहान्थे

हातमा कोदालो काधमा हलो लिएर

उनमत्त बैशका जाँगर फुलाए

त्यसैले भिर फुलाए पाखा फुलाए

खेत फुलाए वारि फुलाए 

खर्क फुलाए टारी फुलाए ।
  देश फुल्नु पर्छ भने !

हातमा मसाल फुल्यो मुक्तिको झण्डा फुल्यो ।

कहिले बम बारुद कहिले बन्दुक सबै फुल्यो।

गणतन्त्र फुल्यो।

कयौंको बलिदानी फुल्यो कयौंको आधा जिन्दगी फुल्यो

तिनिलाइ न यता न उता फुल्यो ।

आश फुलाउने हरुको

मन भरी निरास फुल्यो।
केहिका लागि कुर्ची फुल्यो ।

सिहंदरबार फुल्यो बालुवाटार फुल्यो ।

तिनको शरीर भरी नबिझाउने रङ्गि चङ्गि बस्त्र फुल्यो ।

जिब्रोमा चौरासी ब्यन्जन स्वाद फुल्यो ।

चिल्लो बहान फुल्यो ।

 बैकुण्ठ जस्ता दरबार फुल्यो ।

 मस्त निद्रा फुल्यो ।

मलमलका बिछ्यौनामा

मिठो सपना फुल्यो ।

सुरा र सुन्दरी सङ्ग हरेक

तिनका रात फुल्यो दिन फुल्यो।
 हिजो देश फुलाउनु पर्छ भन्नेहरुलाइ 

आज त देश फुल्नु परेन ।

आए आँप गए झटारो !

अनि म कसरी फुलुँ ?

धन्न खाडिको बाटो खुल्यो ।

आज निधार भरी पसिना फुलेको छ।

हातभरी ठेला फुलेको छ ।

हाम्रो जवानी बल, बैँश, रगत 

पसिना लुटेर 

कहिल्यै नफुल्ने

खाडी फुलेको छ ।

तर मेरो देश फुलेन 

म कसरी फुलु?

आज म र मजस्ता लाखौंको 

आखामा केबल आँसु फुलेको छ ।

twitter @mukta_udas

Likes

Comments